सम्बोधन (कबिता)
महोदय ! उमङ्ग साँचेर सुने, पढेँ राष्ट्रको नाममा भनिएको सम्बोधन तर अनुत्तरित रहे थुप्रै प्रश्नहरु आफैँसँग ।। बेला बेला फरक ढाँचामा सुनिन्छन् सम्बोधनहरु जब समेट्नै पर्ने विषय छुट्छन् त्यो व्यर्थ बन्दैन र ? हुन त समेटिएका कतिपय कुरा पनि त तुहिन्छन् गर्भमै ।। जनको दुःखै नदेख्ने कस्तो सत्ता हुन्छ ? न कुनै कुराले छुन्छ जनजनका पीडा, अभावको सम्बोधन कहिले हुन्छ ?? सीमा मिचिइरहे, ऋणको भारले थिचिइरहे शोषण र अन्यायले हुँदा खानेहरु किचिइरहे निरर्थक बन्दैन र सरकार ! राष्ट्रकै लागि मारिएका र बेपत्ता पारिएका परिवारले सङ्घ, प्रदेश र स्थानीय तहका नाममा मञ्चित लज्जास्पद नाटक कति हेर्ने ? सस्तो लोकप्रियताका लागि सिलिन्डर र चामलका बोरामा चित्र टाँसिएछ अनि गाँसिएछ अवैध सम्बन्ध । चित्र होइन अब बदल्नुस् चरित्र हुन त कसैको सामथ्र्यभन्दा बढी अपेक्षा गर्नु पनि घातक नै हुन्छ क्यारे ! आखिर जोसँग जे छ त्यही दिने न हो ।। यसरी नै न्यायको अपहरण भ्रष्टको संरक्षण भइरहे नुनको अभावमा पिरोल्नेलाई के सुनाउनुहुन्छ सुनको कथा छोड्नुस् झूठ समृद्धिको वर्णन ।। खै, सम्बोधनमा निर्मला, सम्झनाको न्याय अट्न सकेको ? देखिएन विपत्तिमा सरकार खट्न सकेको ।। न छ पीडित उखु किसानको मागको सम्बोधन हुन सकेको छैन आधारभूत आवश्यकताकै परिपूर्ति सामान्य उपचार अभावमा मर्नुपर्छ निमुखाहरु ।। सत्ता स्वार्थमा जनता भुलाउने उही ढर्राको नामको सम्बोधन सुनेको त वर्षौ भइसक्यो ।। तारकेश्वर गापा १ दाङसिङ नुवाकोट, हालः पोखरा–११ [email protected]
यूरो कप-२०२०: विजेता अनुमान गर्नसक्नेलाई खल्तीले दैनिक २५ हजार दिने
काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५ हजार नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ । खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा नि:शुल्क भोट गरी जोकोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ गराएको हुनपर्नेछ । त्यसैगरी भोटको साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा रिमार्कस सेक्सनमा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्नेछ। सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् । सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएकाे खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर शिरिष श्रेष्ठले बताए । यस योजना मार्फत फुटबल प्रेमीहरुले मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउने उनले बताए । कम्पनीले कुनै पनि किसिमको अनलाइन सट्टेबाजीको प्रचार प्रसारको निन्दा गर्ने जनाएकाे छ । भोट गर्नका लागि Khalti.com मा गई बुकिंङ्ग सेक्सनमा रहेको भोट आइकन मा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ।
अभिनेता अजय देवगनले किने १ अर्बको नयाँ घर, ३० कराेड ऋण, यस्तो छ नयाँ घर
काठमाडाैं । भारतीय अभिनेता अजय देवगनले करिब १ अर्ब नेपाली रुपैयाँ अर्थात ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका छन् । उनले मुम्बईस्थित जुहु क्षेत्रमा ६० कराेड भारतीय रूपैयाँमा नयाँ घर खरिद गरेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । उनले नयाँ घर खरिद गर्नको लागि १९ करोड भारु अर्थात ३० करोड नेपाली रुपैयाँ ऋण लिएको पनि बताइएको छ । यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा रहेको बुझिएको छ । भारतको एक लोकप्रिय अखबरमा छापिएको समाचार अनुसार हालसम्म अजय देवगनले नयाँ घरको मूल्य नखुलाएपनि रियल स्टेट विजनेससँग जोडिएका सुत्रका अनुसार उक्त घर ६० करोड भारुको हाे ।