लेखक महेशराजको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक
काठमाडौं । साहित्य सुधा नेपालको आयोजनामा कवि तथा लेखक महेशराज खरेलको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक भएको छ । शुक्रबार साँझ भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यकारहरूले खरेलको कवितासंग्रह सार्वजनिक गरका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन मन्तव्य दिँदै महेशराज खरेलको सार्वजनिक कवितासंग्रहमा केही कमीकमजोरी भए पनि कविता पठनीय रहेको बताए । ‘महेशजी खरिएको अनुभवकासाथ साहित्यिक क्षेत्रमा आउनु भएको छ । लामो समय वित्तीय क्षेत्रमा सक्रिय महेशराज खरेलले जीवनमा स्थायी रहने चिज साहित्य नै भएको अनुभूत गर्दै साहित्यलाई अंगाल्नु भएको छ । यस क्षेत्रमा उहाँले आफ्नो क्षमता र परिपक्वताको पूर्ण प्रयोग गर्नुहुनेछ,’ कुलपति उप्रेतीले भने । कार्यक्रमका अर्का अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कवि महेश खरेलमा दह्रिलो काव्य चेत भएको बताए । उनले साहित्यकारले स्वतन्त्र भएर लेखनमा क्रियाशील रहनुपर्नेमा जोड दिएका थिए । कवि डा. गीता त्रिपाठीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै खरेलका कवितामा चिन्तन पक्ष, जीवन दर्शन पक्ष बलियो भएको बताइन् । उनले कवि खरेलले नयाँ नयाँ बिम्बको प्रयोग पनि गरेको उल्लेख गर्दै कविका कवितामा धेरै कुरा अझैपनि छुटेको टिप्पणी गरिन् । यस्चै प्राज्ञ प्राडा हेमनाथ पौडेलले पनि समीक्षात्मक टिप्पणी गर्दै महेशका कवितामा अहिलेको युग र समय बोलेको बताए ।
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत जाँदै
काठमाडाैं । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् । द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग ९सिपिएल० खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।
सधैंकाे लागि बन्द भयाे कमलपोखरीकाे कुमारी हल
काठमाडाैं । कमलपोखरीस्थित कुमारी हल सधैंकाे लागि बन्द भएकाे छ । तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागिएकाे क्यूएफएक्सले जनाएकाे छ । क्यूएफएक्सले २०६२ सालमा कुमारी हलकाे संचालनको स्वामित्व लिएको थियो । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएकाे थियो ।