नेशनल माइक्रोफाइनान्सले हस्तान्तरण गर्यो काजक्रिया खर्च
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२ हजार ५ सय रुपैयाँ बराबरको काजक्रिया खर्च हस्तान्तरण गरेको छ । संस्थाले सदस्य कमला थापाको श्रीमानको मृत्युमा ग्राहक संरक्षण कोष अन्तर्गत सो मात्राको रकम हस्तान्तरण गरेको हो । संस्थाले शाखा कार्यालय सुडा कञ्चनपुर अन्तर्गत सेवा केन्द्र दोधारा चांदनी लघुवित्त सेवा प्रदान गरीरहेको सेवा केन्द्रमा दोधारा चांदनी नगरपालिका वडा न. ८ मा सञ्चालित मितिनी महिला समुहमा आवद्व सदस्य कमला थापालाई दुर्गा सि. थापाको मृत्युमा काजक्रिया खर्च हस्तान्तरण गरिएको छ । संस्थाले समुह सदस्यहरुको उपस्थितीमा समुह मिना देवी गुरुङ्ग तथा सहायक जनक राज पन्तद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको छ । राष्ट्रिय कार्यक्षेत्र भएको भएको नेपाल राष्ट्र बैंकद्धारा स्वकिृत प्राप्त घ वर्गको नेशनल लघुवित्तले आफ्ना सदस्यको संरक्षणमा ग्राहक संरक्षण कोष अन्तर्गत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ ।
हरितमय वातारवरण बनाउन माछापुच्छ्रे बैंकले गर्यो वृक्षारोपण कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातारवरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ । बैकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।
भ्यागुताको धार्नी पुर्याउनै गाह्रो (कविता)
आफ्नै हुन् भनो यस्सो फकायो ठुस्स पर्छन् ए आइदेओन भनो मान्दैनन् खाइदेओन भनो मान्दैनन् आफ्नैले धोका दिँदा छिमेकी गुहार्नै परो यताका बटुलो उताका बटुलो मलाई अलि धेरै चाहियो भन्दिछन् मलाई अलि राम्रो चाहियो भन्दिन्छन् फेरी यता मिलायो फेरी उता मिलायो अन्त्यमा घर मुलिसंग सोधेको मानेनन् भन्दिन्छन् बल्ल बल्ल पुगे पुगे जस्तो हुन्छ अब कोरम पुग्ला पुग्ला जस्तो भो भोज खाम न त भनो के मिल्दैन मिल्दैन आखिर सबै भ्यागुता न परियो बुरुक्क उफ्रिदिन्छन् सत्ता चलाउनै गाह्रो भ्यागुताको धार्नी पुर्याउनै गाह्रो