स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह
काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्वाउने अभियान चलाइएका जनाइएको छ । जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिकरुपमा निःशुल्क उपलब्ध गर्दै आएको छ । सो संस्थाले गत वैशाख २६ गतेदेखि काठमाडौंको वीर अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल, स्वाथ्य चौकीका स्वास्स्थ्यकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई यो सेवा दिइरहेको समूहका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले जानकारी दिए । सो समूहको सक्रियतामा चन्द्रागिरी नगरपालिकाभित्रका चार आइसोलेशन सेन्टरमा रहेका दैनिक बिहानको नास्ता र पौष्टिक आहार पनि प्रदान हुँदै आएको छ । ‘हजुरहरू एक्लो हुनुहुन्न, हामी साथमा छौं, आफू पनि बाँचौ अरूलाई पनि बचाऔं’ नाराका साथ समूहले ताजा र सन्तुलित भोजन उपलब्ध गराएको हो । रासस
अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ कर्जा
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ दरमा कर्जा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पाैडेलले देशका राम्राे खेलाडीहरुलाई यस्ताे व्यवस्था गरिएकाे बताएका छन् ।
खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट
काठमाडौं । सरकारले आगमी वर्षको लागि खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेले साे बताएका हुन् ।