नेपाल प्रहरीले भन्यो - धरौटी रकम फिर्ता लिन १५ दिनभित्र सम्पर्क गर्नू

काठमाडौं । नेपाल प्रहरीले धरौटीमा राखेको रकम फिर्ता लिनका लागि विभिन्न व्यक्ति तथा कम्पनीलाई आग्रह गरेको छ । शुक्रबार सूचना जारी गरेर नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आर्थिक वर्ष २०६४/ ०६५ देखि २०७८/ ०७९ सम्म विभिन्न फर्म, कम्पनी तथा व्यक्तिहरूलाई गरिएको भुक्तानीबाट कट्टी गरी धरौटी खातामा जम्मा गरिएको ५ प्रतिशत धरौटी रकम हालसम्म पनि सम्बन्धित पक्षले फिर्ता नलिएको जनाएको छ। प्रधान कार्यालयका अनुसार उक्त धरौटी रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय, लैनचौरको धरौटी खातामा जम्मा रहेको छ। सम्बन्धित फर्म, कम्पनी वा व्यक्तिको नामावली नेपाल प्रहरीको वेबसाइट तथा कोष तथा लेखा नियन्त्रकको कार्यालय, लैनचौरको सूचनापाटीमा सार्वजनिक गरिएको छ। नेपाल प्रहरीले सम्बन्धित सबैलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गरी धरौटी रकम फिर्ता लिन आग्रह गरेको छ। तोकिएको अवधिभित्र कसैबाट पनि दाबी नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६७ को उपनियम (३) बमोजिम उक्त धरौटी रकम राजस्व खातामा जम्मा गरिने नेपाल प्रहरीले जनाएको छ।

कुरासाओलाई हराउँदै आइभरी कोस्ट नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओमाथि आइभरी कोस्टले जित निकालेको छ ।  खेलमा २० को सहज जित निकाल्दै आइभरी कोस्टले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । आइभरी कोस्टलाई जित दिलाउन दुबै गोल निकोलस पेपेले गरे । उनले खेलभर उत्कृष्ट प्रदर्शन गरेका थिए ।  उनले खेलको सुरुवाती ७ औं मिनेटमा गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आइभरी कोस्टको जित निश्चित गरे । यस जितसँगै आइभरी कोस्टले ३ खेलबाट समान दुई जित र एक हारसहित कुल ६ अंक जोडेको छ ।  आइभरी कोस्ट समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो । समान ६ अंक नै भए पनि ऊ गोलअन्तरका आधारमा पछि परेको हो ।

जर्मनीलाई इक्वेडरले हरायो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत  जर्मनीलाई इक्वेडरले हराएको छ । जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ ।  सुरुमा पछि परेको स्थितिबाट इक्वेडरले पुनरागमन गरेको हो । खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो ।  खेलको २ मिनेटमै जर्मनीका लागि लेरोय सानेले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । इक्वेडरका निल्सन एंगुलोले ९ औं मिनेटमा जवाफी गोल गर्दै खेललाई १(१ को बराबरी स्थितिमा ल्याए। खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरलाई २१ ले विजयी गराए । खेलमा जित हासिल गरेसँगै इक्वेडर समूह ‘ई’को तेस्रो स्थानमा रहे पनि उत्कृष्ट टोलीका रूपमा अन्तिम ३२ मा पुग्ने निश्चित भएको छ ।