कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप सम्पन्न

काठमाडौं । गोर्खा ब्रुअरीले आयोजना गरेको कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । 

असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो ।

पुरुषतर्फ अज्जर सिम्हा विजेता बने भने सुरज श्रेष्ठ उपविजेता भए । महिलातर्फ अन्वद्या मल्ल विजेता बनिन् भने सम्झना खत्री उपविजेता घोषित भइन् । त्यस्तै, सिनियर पुरुषतर्फ युवराज गुरुङ विजेता बने भने रविन्द्र मान श्रेष्ठ उपविजेता भए ।

रोयल नेपाल गल्फ क्लबको १०९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । 

आफ्नो प्रिमियम ब्रान्ड कार्ल्सबर्गमार्फत गोर्खा ब्रुअरीले नेपाली खेलकुद तथा खेलाडीलाई प्रोत्साहन गर्ने विभिन्न गतिविधिमा सहयोग गर्दै आएको छ ।

प्रतियोगितामा पुरुष, महिला तथा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

Share News