नयाँ बजेटमा लालबन्दीदेखि निजगढसम्म रेल
काठमाडौं । नयाँ बजेटमा सर्लाहीको लालबन्दीदेखि बाराको निजगढसम्म रेल मार्ग निर्माणका लागि रकम विनियोजन हुने भएको छ । ९४५ किलोमिटर लामो मेची–महाकाली विद्युतिय रेल मार्गको लालबन्दीदेखि निजगढसम्मको करिब ४० किलोमिटर क्षेत्रका लागि बजेट विनियोजन हुन लागेको हो । ‘आगामी आर्थिक बर्षमा लालबन्दीदेखि निजगढसम्मको ४० किलोमिटरमा खण्डमा सिभिल इञ्जिनियरिङको काम गर्न बजेट बनाएर पठाएका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । उनका अनुसार ४० किलोमिटर लामो सो खण्डको सिभिल इञ्जिनियरिङका लागि एक अर्ब बजेट निर्माण गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षमा रेल विभागका लागि ४ अर्बको बजेट सिलिङ तोकेको छ । विभागले सोही सिलिङ भित्र रहेर लालबन्दीदेखि निजगढ खण्डमा नयाँ काम थाल्ने योजना पेश गरेको हो । विभागले हाल बर्दिबासदेखि लालबन्दीसम्मको २५ किलोमिटर खण्डमा रेल मार्गको सिभिल इञ्जिनियरिङको काम गरिरहेको छ ।आगामी आर्थिक बर्षमा ४० किलोमिटरको काम अघि बढेपछि मेची महाकाली रेलमार्गमा ६४ किलोमिटरमा काम सुरु हुनेछ । ६५ किलोमिटरको काम सम्पन्न गरेपछि सो खण्डमा पाइलट प्रोजेक्टका रुपमा रेल गुडाइनेछ ।‘६५ किलोमिटरमा सिभिल इञ्जिनियरिङको काम सम्पन्न गरेपछि लिक बिछ्याउने काम अघि बढ्छ र त्यसपछि डिब्बा राखेर रेल गुडाउने हो’, उपाध्यायले भने । विभागले हाल लालबन्दी निजगढ खण्डमा जग्गा एकिन तथा कित्ता काँटछाँटको काम गरिरहेको छ । यसरी निर्माण गरिने रेलमार्गमा प्रति घण्टा २०० किलोमिटरको स्पिड क्षमता रहनेछ ।
हिमालय एयरलाइन्सको जहाज भाडामा लिएर दुबई/क्वालालम्पुर उडाउने निगमको तयारी
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहका राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स अर्का अर्काका प्रतिस्पर्धी कम्पनी हुन । वायुसेवा निगमले उडान गरेकै गन्तव्यमा उडान गर्ने र निगम सरह नै जहाज उडानको रणनीति बनाइरहेको भएपनि हिमालय एयरलाइन्सले जहाज निगमलाई भाडामा दिने भएकाे छ । वायुसेवा निगमले पनि प्रतिस्पर्धी वायुसेवाबाट जहाज भाडामा लिन आवश्यक छलफल र प्रकृया अगाडि बढाइरहेको उल्लेख छ । वायुसेवा निगम र हिमालय एयरलाइन्सका कर्पोेरेट निर्देशकसँग पटकपटक जहाज भाडामा लिने विषयमा आवश्यक छलफल पनि भइरहेको निगम स्रोतको दाबी छ । हिमालयले आफ्नो जहाज निगमलाई भाडामा लगाउन सकारात्मक रुपमा नै कुरा अगाडि बढाएकाेले अावश्यक छलफल र प्रकृयाकाे बारेमा गृहकार्य अगाडि बढिएको उल्लेख छ । नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नेपाल वायुसेवा निगमलाई एयरवसको ए ३२० नामक १५८ सिट क्षमतााके एक थान जहाज भाडामा दिने इच्छा देखाएको छ । निगमलाई जहाज आवश्यक भएको र हिमालयले पनि आफ्नो जहाज खाली उठाउनुभन्दा भाडामा दिएर सो समयमाम नयाँ रणनीति बनाउन खोजेको उल्लेख छ । जहाज भाडामा लिने र दिने विषयमा निकै सकारात्मक रुपमा कुरा अगाडि बढेको हिमालय एयरलाइन्स स्रोतको भनाइ छ । स्रोतले दिएको जानकारी अनुसार एकथान जहाज भाडामा लिन–दिन दुवै कम्पनीबीच अनौपचारिक छलफल भएको छ । निगमले जहाज भाडामा लिन यही बैशाख २७ मा गरेको सार्वजनिक प्रस्ताव आव्हानको समय अझै अगामी मंगरलबारसम्म बाँकी रहेको छ । मंगलबारपछि यो विषयमा टुंगो लगाउने पनि उल्लेख छ । हिमालय एयरलाइन्स स्रोतका अनुसार यो वायुसेवाले श्रीलंकाको कोलम्बो उडान यात्रु नपाएर दुई महिनादेखि बन्द गरको छ । आगामी एक महिनापछि साउदी अरेवियाकाे दमाममा उडान गर्ने तयारी हिमालयले गरेको छ । समयमा नै साउदी अरेवियाको उडान तालिका मिलाउन नसकिने र प्राविधिक कारण ढिलो हुन सक्ने भएकोले एक महिना पछि सारेर निगमलाई २ महिना जहाज भाडामा दिने विषयमा आवश्यक छलफल भएको पनि स्रोतको दाबी छ । निगमले पनि आफ्नो जहाज मर्मतमा हुने र जहाज उडान ठप्प नहोस भनेर दुई महिनाको लागि मात्रै जहाज भाडामा लिन लागेको हो । अहिले हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान ए३२०–२१४’ सिरिजको जहाज छन् । तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् । यो वायुसेवाले हाल श्रीलंकाको कोलम्बो उडान रद्द गरेको छ । यसले कतारको दोहा र म्यानमारको यांगुन र मलेसियाको क्वाललम्पुरमा भने नियमित उडान गरिरहेको छ । यो वायुसेवाले साउदी अरबको दमामा, युएईको दुबई, हङकङ, भारतको नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना पनि अगाडि सारिरहेको छ । यो वायुसेवाको यस्तो योजना तत्कालको लागि नभएर दुई चार महिना लाग्ने भएकोले २ महिना निगमलाई जहाज भाडामा दिन कुनै आपत्ति नहुने पनि स्रोतको बुझाई छ ।
३१ गतेको निर्वाचन धकेलिदै, नयाँ २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने आयोगको निष्कर्ष
काठमाडौं । निर्वाचन आयोगले हालै सरकारले थपेका स्थानीय तहहरुमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने जनाएको छ । आयोगले यसअघि तोकिए अनुसारका ४६१ वटा स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन वातावरण मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि दोस्रो चरणको निर्वाचन हुनेमा आशंका बढ्दै गएको बेलामा आयोगले पनि आशंकालाई बल पुर्याउने निर्णय गरेको छ । आयोगले एक विज्ञप्ति जारी गरी परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छापेर सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्था मिलाउन नसकिने जनाएको छ । त्यस्तै जेठ १५ गते सम्म नयाँ संरचना अनुसार निर्वाचन अधिकृतको कार्यालय खोल्न सक्ने अवस्था समेत नरहेको आयोगले जनाएको छ । मन्त्रिपरिषदले स्थानीय तह थप्ने निर्णय गरेपनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट नयाँ संरचनाको विवरण हालसम्म औपचारिक रुपमा नपाएको आयोगका आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले बताए । दोस्रो चरणमा ४६१ वटा स्थानीय तह रहेकोमा सरकारले जेठ ८ गते २ महानगरपालिका सहित २२ वटा तह थप्ने र २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई बैधानिक तरिकाबाट सरकारले अझैसम्म राजपत्रमा सूचना प्रकाशित नगरेको आयोजको भनाई छ ।