फास्ट ट्रयाकलाई १० अर्ब १४ करोड, हुलाकीलाई ४ अर्ब २७ करोड
काठमाडौं । सरकारले काठमाडौं निजगढ फास्ट ट्रयाकलाई १० अर्ब १४ करोड रकम विनियोजन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मात्रै शिलान्यास गरेको फास्ट ट्रयाकलाई चालु आवमा १० अर्ब बजेट विनियोजन गरिएको थियो । सरकारले हुलाकी राजमार्गका लागि ४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । हुलाकी राजमार्गको दोश्रो चरणका लागि आवश्यक पर्ने श्रोत साधनको उपयुक्त व्यवस्थापन गर्ने पनि प्रतिवद्धता बजेट वक्तव्यमै व्यक्त गरेको छ ।
स्थानिय तहलाई १० करोडदेखि एक अर्ब २३ करोडसम्म
काठमाडौं । सरकारले स्थानिय तहलाई न्युनतम १० करोडदेखि एक अर्ब २३ करोड रुपैंयाँसम्म उपलब्ध गराएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको बजेटमा गाउँपालिकाले न्युनतम १० देखि ३९ करोडसम्म बजेट पाउनेछन् । त्यस्तै, नगरपालिकाले १५ देखि ४३ करोड पाउनेछन भने उपमहानगरपालिकाले न्युनतम ४० देखि अधिकतम ६३ करोड रुपैंयाँसम्म पाउनेछन् । महानगरपालिकाले भने ५६ करोडदेखि १ अर्व २३ करोडसम्म अनुदान पाउने बजेटमा उल्लेख छ ।
स्थानिय तहलाई वित्तिय हस्तान्तरण, नयाँ कार्यक्रम छैन
काठमाडौं । नयाँ बजेटले स्थानिय तहका लागि वित्तिय हस्तान्तरण उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताए । संबिधान अनुसार सम्पन्न हुनुपर्ने २ निर्वाचन र भूकम्पपछिको पुननिर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताएका हुन् ।