कोरोना विरुद्ध नेशनल माइक्रोफाइनान्सकाे ६० लाख सहयाेग, विपन्नलाई मात्रै ५० लाख
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कोरोना विरुद्धकाे अभियानमा ६० लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । संस्थाले नेपाल सरकारवाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ र स्थानीय सरकारको समन्वयमा संस्थाको समूहमा आवद्ध सदस्यहरु मध्ये हालको विपन्न दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागी ५० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन र दैनिक ज्याला मजदुरीको कार्य गरी दैनिक जिवनयापन गर्दे आएको हालको विपद्मा प्रभावित संस्थामा आवद्ध अति विपन्न समूह सदस्यहरुलाई तत्काल राहत पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास गरिएकोे छ ।
लक्ष्मी बैंकले प्रत्येक प्रदेशलाई दियो १०-१० लाख रुपैयाँ
काठमाडौं । लक्ष्मी बैंकले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई १०-१० लाख रुपैयाँ दिएको छ । बैंकले देशभरका ७ वटै प्रदेशको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० लाखकाे दरले कुल ७० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रदान गरेकाे हाे ।
एलआईसी नेपालले कोषलाई दियो ५१ लाख रुपैयाँकाे चेक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले कोरोना कोषलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त ५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तान्तरण गरेका हुन् । कम्पनीको संचालक समितिको निर्णय अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” उक्त रुपैयाँ जम्मा गरेको हो । प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको बताउँदै कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारसँग एकजुट भै कार्य गर्न प्रतिबद्ध रहेको बताए ।