कोरोना विरुद्ध नेशनल माइक्रोफाइनान्सकाे ६० लाख सहयाेग, विपन्नलाई मात्रै ५० लाख

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कोरोना विरुद्धकाे अभियानमा ६० लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । संस्थाले नेपाल सरकारवाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ र स्थानीय सरकारको समन्वयमा संस्थाको समूहमा आवद्ध सदस्यहरु मध्ये हालको विपन्न दैनिक दुई छाक टार्न पनि [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कोरोना विरुद्धकाे अभियानमा ६० लाख रुपैयाँ सहयाेग गर्ने भएको छ ।

संस्थाले नेपाल सरकारवाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ र स्थानीय सरकारको समन्वयमा संस्थाको समूहमा आवद्ध सदस्यहरु मध्ये हालको विपन्न दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागी ५० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन र दैनिक ज्याला मजदुरीको कार्य गरी दैनिक जिवनयापन गर्दे आएको हालको विपद्मा प्रभावित संस्थामा आवद्ध अति विपन्न समूह सदस्यहरुलाई तत्काल राहत पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास गरिएकोे छ ।

Share News