जीवन बीमकको विभिन्न क्षेत्रमा ९ खर्बभन्दा बढी लगानी, कुन कम्पनीको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ९ खर्ब रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ९ खर्ब ९ अर्ब ९० करोड ४० लाख रुपैयाँ  लगानी गरेका हुन् ।

बीमा कम्पनीहरूले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गरेका छन् । मुद्दति निक्षेपमा मात्रै कम्पनीहरूले ५ खर्ब ४४ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ लगानी गरेका हुन् ।

बीमा कम्पनीहरूले वाणिज्य बैंकहरूमा मात्रै ५ खर्ब ३७ अर्ब ३१ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, विकास बैंकहरूको मुद्दति निक्षेपमा ४४ अर्ब ५८ करोढ १८ लाख रुपैयाँ र वित्त कम्पनीमा ६ अर्ब ८३ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यसैगरी, बीमा कम्पनीहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा ८६ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ खर्ब ६४ करोड लाख रुपैयाँ लगानी गरेका छन् । 
त्यस्तै, बीमा कम्पनीहरूले नागरिक लगानी कोष र म्युचुअल फन्डमा ११ अर्ब २३ करोड, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा २० अर्ब २६ करोड ७ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ३ अर्ब ३१ करोड लगानी गरेका छन् । 

कुन कम्पनीको कति लगानी ? 

प्राधिकरणको तथ्यांकअनुसार विभिन्न क्षेत्रमा सबैभन्दा धेरै लगानी नेपाल लाइफको रहेको छ । कम्पनीले एक वर्षमा २ खर्ब ४६ अर्ब ३० करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । 

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेनले विभिन्न क्षेत्रमा १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । तेस्रोमा नेशनल लाइफले ९० अर्ब २९ करोड रुपैयाँ लगानी गरेको छ। 

त्यस्तै, हिमालयन लाइफले ९१ अर्ब १६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ६३ अर्ब ५४ करोड, सूर्यज्योति लाइफले ५३ अर्ब ४ करोड, एशिएन लाइफले ५२ अर्ब ७४ करोड लाख रुपैयाँ संकलन गरेका छन् । 

त्यसैगरी, मेट लाइफले ३५ अर्ब ७ करोड रुपैयाँ, सिटिजन्स लाइफले ३० अर्ब ४९ करोड, सानिमा रिलायन्सले २७ अर्ब ५२ करोड, रिलायबल नेपालले २५ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २२ अर्ब ४८ करोड रुपैयाँ, आईएमई लाइफले २३ अर्ब २८ करोड रुपैयाँ र सन नेपाल लाइफले १७ अर्ब १६ करोड रपैयाँ लगानी गरेका छन् ।
null

Share News