काेराेना काेषमा साना किसान विकास लघुवित्तकाे १० लाख सहयाेग

काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख सहयोग गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको साना किसान विकास लघुवित्त संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए ।

एशियन लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ई क्यालेण्डर

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापी रुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै वि.सं. २०७७ सालकाे ई क्यालेण्डर सार्वजनिक गरेको छ । मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी कम्पनीले उक्त क्यालेण्डर सार्वजनिक गरेको हो । ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ । क्यालेण्डरमा मन्त्री परिषदबाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथी मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ । साथै, कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले राहत कोषमा दियो साढे ७ लाख रुपैयाँ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । अहिलेको यस विषम परिस्थितिमा सहयोगको पाइला अघि बढाउँदै कम्पनीले साे मात्राकाे सहयाेग गरेकाे हाे । साथै, कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको व्यहोरा जानकारी गर्दछौं । विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यस समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भए पनि मद्दत पुर्याउँने आशा गरिएको छ ।