मुक्ति इनर्जिका सामान खरिद गर्दा महालक्ष्मीको बीमा पोलिसी उपहार

पोखरा । पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिद गर्दा महालक्ष्मी लाईफ इन्स्योरेन्सका जिवन बीमा पोलिसी उपहार पाइने भएकाे छ । मुक्ति इनर्जिकाे कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीवन बीमा र एक लाखको घातक रोग बीमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए । यो योजना माघसम्म रहने र यसका साथै मुक्ति इनर्जिकाे कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखी २० प्रतिशतसम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए । सो सम्बन्धी समझदारी पत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका गण्डकीका प्रबन्धक अखिल धमला र मुक्ति इन्र्जिका संचालक प्रकाश आचार्यले हस्ताक्षर गरेका छन् । मुक्ति इनर्जिले हाल सोलार वाटर हिटर, किचन चिम्नी, ग्यास गिजर, हुड, ओभन, हव, डिस वासर, सोलार ब्याट्री लगायतका विधुतिय सामाग्री बिक्री गर्दे आइरहेको छ ।

छिमेक लघुवित्तले दियो नयाँ कर्मचारीहरुलाई वित्तिय तालिम

काठमाडौं । छिमेक लघुवित्त वितीय संस्थाले आफना नयाँ कर्मचारीलाई दुई चरणमा गरेर लघुवित्त संचालन र व्यवस्थापन तालिम दिएको छ । संस्थाले पहिलो र दोस्रो चरण गरेर आफना नयाँ कर्मचारीलाई तालिम दिएको हो । सो तालिमको समुद्घाटन संस्थाका कार्यकारी प्रमुख अधिकृत चोलाराज शर्मा र समापन संस्थाको नायब महाप्रबन्धक दिपकनिधि तिवारीले गरेका थिए । तालिममा पहिलो चरणमा ३४ र दोस्रो चरणमा ३८ जना कर्मचारी सहभागी थिए ।

विदेशबाट आइएमई मार्फत पैसा पठाउँदा प्रदीप र अशोकलाई दोब्बर रकम

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत दाेस्राे हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन् । कम्पनीले गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । उनीxरुले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले निजको सिफारिसमा उनीहरूका निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ । आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।