लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो एजीएम, कार्त्तिक ३ गतेदेखि बुक क्लोज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे गोरखाको होटल गोरखा बिसौनीमा गर्ने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक ३ गतेदेखि कार्त्तिक १३ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ । यससँगै कार्त्तिक २ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । सभाले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।  संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने

प्रभु क्यापटिलमा डिम्याट खाता खाेल्दा नि:शुल्क सेयर तालिम पाइने

काठमाडौं । प्रभु क्यापिटलले दशैं, तिहार र छठलाई लक्षित गर्दै एक रुपैयाँमा डिम्याट खाता खोल्दा नि: शुल्क सेयर बजार तालिम पाइने योजना ल्याएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरी १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गर्नेछ । साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई क्यापिटलले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित आधारभूत फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ । यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहने क्यापछ‍िटले जनाएकाे छ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने क्यापिटलले जानकारी दिएकाे छ । यो योजनाको असोज १८ गते देखि कार्तिक २५ गते सम्म लागु हुनेछ ।

बोनसपछि सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४७ रुपैयाँमा भएको थियो ।