मुक्ति इनर्जिका सामान खरिद गर्दा महालक्ष्मीको बीमा पोलिसी उपहार

<p>पोखरा । पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिद गर्दा महालक्ष्मी लाईफ इन्स्योरेन्सका जिवन बीमा पोलिसी उपहार पाइने भएकाे छ । मुक्ति इनर्जिकाे कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीवन बीमा र एक लाखको घातक रोग बीमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए । यो योजना माघसम्म रहने [&hellip;]</p>

पोखरा । पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिद गर्दा महालक्ष्मी लाईफ इन्स्योरेन्सका जिवन बीमा पोलिसी उपहार पाइने भएकाे छ ।

मुक्ति इनर्जिकाे कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीवन बीमा र एक लाखको घातक रोग बीमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए ।

यो योजना माघसम्म रहने र यसका साथै मुक्ति इनर्जिकाे कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखी २० प्रतिशतसम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए ।

सो सम्बन्धी समझदारी पत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका गण्डकीका प्रबन्धक अखिल धमला र मुक्ति इन्र्जिका संचालक प्रकाश आचार्यले हस्ताक्षर गरेका छन् ।

मुक्ति इनर्जिले हाल सोलार वाटर हिटर, किचन चिम्नी, ग्यास गिजर, हुड, ओभन, हव, डिस वासर, सोलार ब्याट्री लगायतका विधुतिय सामाग्री बिक्री गर्दे आइरहेको छ ।

Share News