सम्पन्न क्यापिटलले सेयरधनीलाई २६.३१ प्रतिशत लाभाशं दिने, हकप्रद पनि जारी गर्ने
काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले २६.३१ प्रतिशत लाभाशं बाड्ने भएको छ । कम्पनीको असोज १५ गते बसेको पहिलो साधारणसभाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताब पास गरेको छ । बोनश पश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुनेछ । संस्थाले पुरानै कार्यसमिति लाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यस्तै गरि संस्थाले आगामी आर्थिक बर्ष भित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेड नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छन ।
तेस्रो वर्षमा फोनपे: ५ लाख बढि मर्चेन्ट, दैनिक ३० करोड बढिको कारोबार
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो । कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड-१९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको छ । कम्पनीकाे अनुसार हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको कम्पनीले जनाएकाे छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ ।
‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ निर्देशिकामा इप्पानको आपत्ति, खारेज गर्न माग
काठमाडौं । बीमा समितिले हालै ‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ निर्धारण गरी जारी गरेको निर्देशिकामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आपत्ति जनाएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जारी गरेको उक्त निर्देशन आफुलाई थाहा नहुने गरी गुपचुपले गरिएको भन्दै इप्पानले आपत्ति जनाएको हो । जलविद्युतमा १०औं खर्ब लगानी रहेका सरोकारवालाहरुको साझा संस्था इप्पानलाई थाहा नहुने गरी निर्जीवन बीमा कम्पनीको प्रभावमा परि निर्देशन जारी गरेको र यसको पछाडि दुषित मनसाय रहेको इप्पानको ठहर छ । यससँगै, इप्पानले उक्त निर्देशनमा छानविन गरी दोषीलाई आवश्यक कारवाही गर्न र छिटोभन्दा छिटो खारेज गर्न अर्थमन्त्रीलाई आग्रह गरेको छ । इप्पानले असोज १५ गते एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जर्नादर्न शर्मासँग उक्त माग राखेको हो । ‘हामीले विगत २७ वर्षदेखि बीमाशुल्क निरन्तर बुझाई रहेको भएतापनि क्षतिको दाबी पर्दा बीमा कम्पनीहरुबाट क्षतिको तुलनामा एकदम कम क्षतिपूर्ति पाउँदै आएका छौं । यो अवस्थामा बीमा समितिले पुरा क्षतिपूर्ति दिलाउन पहल गरि यो क्षेत्रलाई सहयोग गर्नुपर्ने समयमा मौसमविज्ञहरुको अध्ययन अनुसार सय वर्षको अन्तरालमा आउने बाढीले २०७८ आषाढ १ गते बागमती प्रदेश र गण्डकी प्रदेशका केही नदी बेशिन कोरिडोरहरुमा क्षति पुर्याएको दुहाई दिंदै बढि क्षतिपूर्ति दिनुपर्यो भन्ने बहानामा जारी मिति २०७८/०६/०६ गते बीमा समितिद्वारा निर्जिवन बीमा कम्पनीहरुलाई जारी गरिएको ‘मिनिमम प्रिमियम रेट फर नन् ट्यारिफ इन्स्योरेन्स बिजनेस’ निर्देशन घोर आपक्तिजनक र निन्दनीय छ ।’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।