गुहेश्वरी फाइनान्सको लाभांश पारित, चुक्ता पुँजी ९५ करोड पुग्यो
काठमाडौं । गुहेश्वरी फाइनान्सले संचालक समितीको प्रस्तावित लाभांश पारित गरेकाे छ । फाइनान्सको बिहीबार सम्पन्न वार्षिक साधरण सभाले संचालक समितीको प्रस्तावित १०.५२ लाभांश पारित गरेको हो । सभाले फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा ०।५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी ९५ करोड ४ लाख पुग्नेछ । यस फाइनान्सले देशभर २२ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
नेप्से परिसूचक ५४ अंकले बढ्दा कारोबार रकम घट्यो
काठमाडौं । बिहीबारको नेप्से परिसूचक ५४.१२ अंकले उकालो लागेको छ । परिसूचक बुधबारको तुलनामा १.९३ प्रतिशतले बढेर २८५७.७५ बिन्दुमा पुगेको हो । अघिल्लो दिनको तुलनामा परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । बिहीबारको सेयर कारोबार ६ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३७ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ८ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सबैभन्दा बढी अपर तामाकोशीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बैंकमा राखेको पैसा २० वर्षसम्म पनि लिन नगए के हुन्छ ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको रकम ग्राहकले दाबी नगरेमा नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्ने भएका छन् । ग्राहकले २० वर्षसम्म निक्षेप लिन बुझ्न नआएका तथा दावी नगरेमा बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय बैंकको उक्त कोषमा जम्मा गर्ने भएका हुन् । राष्ट्र बैंकले पुस २९ गते एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त निर्देशन दिएको हो । यससँगै, कुनै पनि बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्ने निक्षेपकर्ताले बीस वर्षसम्म उक्त रकमको दावी गर्न नगएमा सम्बन्धित कम्पनीले राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्ने छ । उक्त कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रकृया पुरा गरी यस बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकतांको कानूनी हकवाल बाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित यस बैंकमा दाबी पेश गर्नु पर्ने र आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विनाव्याज रकम फिर्ता गर्नु पर्ने छ । यससँगै उक्त कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग हुने समेत राष्ट्र बैंकले जनाएको छ । निक्षेपकर्ताको मृत्यु भएमा के हुन्छ ? बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप उपर सो निक्षेप राख्ने व्यक्ति बाहेक अरु कसैको पनि हक दाबी लाग्दैन । यदि निक्षेप राख्ने व्यक्तिको मृत्यु भएमा निजीले कसैलाई इच्छाएको भएको त्यस्तो इच्छाएको व्यक्तिको दाबाी लाग्ने छ । र, त्यस्तो इच्छाएको व्यक्तिको पनि मृत्यु भएको रहेछ वा कसैलाई इच्छाइएको रहेनछ भने जीवित रहेका व्यक्तिमध्ये जो बढी निकटको छ उसकै पहिलो हक दाबी लाग्ने छ ।