सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न
। सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो । उक्त सभामा २०७७र७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तिय प्रदिवेदनमान बमोजिमको वित्तिय विवरण पेश गर्नुको साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसैगरी आगामी आवको लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टलाई नियुक्त गर्न संचालक समितीको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
आरएमडीसीको २५ प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्विरोध
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश पारित गरेको छ ।लघुवित्तको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संचालन मुनाफा रु। ३१ करोड १० लाख आर्जन गरेको छ । साथै उक्त साधारण सभाले भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा आगामी ४ वर्षकोे लागि निर्विरोध चयन गरेको छ । अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको यस वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत वोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख पुग्ने छ । यस संस्थाको आ।व।२०७६र०७७ को अन्त्यमा १७३ वटा साझेदार संस्थाहरुसंग ८ अर्ब ६ करोड कर्जा लगानीमा रहेकोमा, आ।व।२०७७र०७८ को अन्त्यमा २९३ वटा साझेदार संस्थाहरुसँग ११ अर्ब ८१ करोड कर्जा लगानीमा रहेको छ । आ।व। २०७७र०७८ को अन्त्य सम्ममा संस्थाले साझेदार संस्थाहरुका करीब ३१ हजार कर्मचारी तथा पदाधिकारीहरु ९ लाख ५८ हजार लघुवित्तमा संलग्न ग्राहक सदस्यहरुलाई तालिम तथा प्राविधिक सहयोग प्रदान गराईसकेको छ ।
बरुण हाइड्रोले पनि स्थगित गर्यो वार्षिक साधारण सभा
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा स्थगित गरेको छ । पुस २९ गते हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगे पछि स्थगित भएको हो । कम्पनीले पुस २९ गते बिहान ९ बजे काठमाडौंको अनामनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बोलाएको थियो । जहाँ कम्पनी ऐन २०६३, को दफा ७३ (२) बमोजिम गणपुरक संख्या नपुगेको भन्दै सभा हुन नसकेको कम्पनीले जनाएको छ । यससँगै कम्पनीले अर्को सभा कम्तीमा ७ दिन अगावै जानकारी गराउने गरी सूचना जारी गर्ने छ ।