काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत लाभांश पारित गरेकाे छ ।फाइनान्सकाे सत्ताइसौं वार्षिक साधारणसभाले संचालक समितीकाे प्रस्तावित १० प्रतिशत लाभांश पारित गरेकाे हाे ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.७० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।
यसपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ९५ करोड ८६ लाख ७५ हजार पुगेको छ ।