प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, लाभांश परिमार्जन हुने !
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको पुस ३० गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ । पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभा हुने दिनभन्दा ३ दिनअघि सूचना प्रकाशित गर्दै उक्त मितिमा तोकिएको सभा स्थगित गर्ने निर्णय गरेको हो । संस्थाले कोभिड १९ महामारी एवम् नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनको पछिको खुद नाफामा परिवर्तन हुने सक्ने भन्दै सभा स्थगित गरेको हो । संस्थाले प्राविधिक कारणले गर्दा अको सूचना सार्वजनिक नभएसम्मको लागि सभा स्थगित गरिएको जनाएको छ । संस्थाको अनुसार गत वर्षको नाफा र संस्थाको प्रस्तावित लाभांशमा केही परिमार्जन हुने देखिन्छ । संस्थाले २७ वर्षपछि आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको थियो । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि गरेको बुक क्लोजको मिति भने पहिले तय गरेकै हुने समेत जनाएको छ । संस्थाले पुस ३० गते आफ्नो २५औं वार्षिक साधारण सभा तय गरेको थियो । सम्बन्धित समाचार किशोर महर्जनले देखाए चमत्कार, २७ वर्षपछि प्रोग्रेसिभको लाभांश घोषणा
४० प्रतिशत बोनसको लागि नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता २६१४.२९ रुपैयाँ कायम भएको छ । जुन सोमबारको कारोबारको तुलनामा प्रतिकित्ता १०४५.७१ रुपैयाँले घटी हो । पुस २६ गते सोमबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ३६६० रुपैयाँमा भएको थियो । मूल्य समायोजनसँगै पुस २६ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित गत वर्षको लाभांश पाउने छन् । अब पुस २७ गतेदेखि संस्थाको सेयर किन्नेले भने गत वर्षको लाभांश पाउँदैनन् ।
बेष्ट फाईनान्सको शाखा लगनखेलमा
काठमाडौं । बेष्ट फाईनान्स कम्पनीको ललितपुर थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतबारबाट संचालनमा आएको छ । उक्त नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यस वेष्ट फाईनान्स कम्पनीले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिँदै आएको छ । यस फाइनान्सले डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । फाइनान्सले हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।