काठमाडाैं । गुडविल फाइनान्सकाे १३ प्रतिशत लाभांश पारित भएकाे हाे । संस्थाकाे पुस २९ गते बिहीबारका दिन बसेकाे साधरण सभामा उक्त लाभांश पारित भएकाे हाे ।
सभाले फाइनान्सकाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे ।
सभामा सरकारले घोषणा गरेको बन्दाबन्दी तथा अन्य विविध समस्याका कारण व्यवसायमा उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर बताएका थिए ।