गुहेश्वरी फाइनान्सको लाभांश पारित, चुक्ता पुँजी ९५ करोड पुग्यो

<p>काठमाडौं । गुहेश्वरी फाइनान्सले संचालक समितीको प्रस्तावित लाभांश पारित गरेकाे छ । फाइनान्सको बिहीबार सम्पन्न वार्षिक साधरण सभाले संचालक समितीको प्रस्तावित १०.५२ लाभांश पारित गरेको हो । सभाले फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा ०।५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बोनश [&hellip;]</p>

काठमाडौं । गुहेश्वरी फाइनान्सले संचालक समितीको प्रस्तावित लाभांश पारित गरेकाे छ । फाइनान्सको बिहीबार सम्पन्न वार्षिक साधरण सभाले संचालक समितीको प्रस्तावित १०.५२ लाभांश पारित गरेको हो ।

सभाले फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा ०।५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी ९५ करोड ४ लाख पुग्नेछ ।

यस फाइनान्सले देशभर २२ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Share News