इसेवाले ल्यायो नयाँ स्किम, रिफर गर्दा ३५ रुपैयाँसम्म पाइने
काठमाडाैं । भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर ल्याएकाे छ । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा रिफर गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रजिष्टर गर्दा २० रुपैयाँ, सय रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ आम्दानी गर्न सकिने कम्पनीले जनाएकाे छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
मेरोमाइक्रोफाइनान्सद्वारा जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मनमैजु कार्यलयले जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो । मनमैजु शाखाका प्रबन्धक चक्र बहादुर लामाले महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टामा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ८० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।
कम्पनी वर्गीकरण गर्न नेप्सेले माग्यो विवरण, दुई साताभित्रै पेश गर्नुपर्ने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण माग गरेको छ । फागुन ८ गते एक सूचना जारी गर्दै नेप्सेले उक्त संस्थाहरुलाई आवश्यक विवरण बुझाउन माग गरेको हो । नेप्सेले प्रत्येक त्रैमासिक अवधिमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । सोही व्यवस्था अनुरुप दोश्रो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई आगामी फागुन २३ गतेभित्र बुझाउन आग्रह गरेको हो । यससँगै, सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फारम भरी आगामी दुई साताभित्रमा नेप्सेमा पठाईसक्नु पर्ने हुन्छ । उनीहरुले नेप्सेको ईमेल ठेगानामा पठाउन सक्ने छन् ।