इसेवाले ल्यायो नयाँ स्किम, रिफर गर्दा ३५ रुपैयाँसम्म पाइने

<p>काठमाडाैं । भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर ल्याएकाे छ । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा रिफर गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रजिष्टर गर्दा २० रुपैयाँ, सय रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ आम्दानी गर्न सकिने कम्पनीले [&hellip;]</p>

काठमाडाैं । भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर ल्याएकाे छ । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा रिफर गरेर आम्दानी गर्न सक्नेछन् ।

यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रजिष्टर गर्दा २० रुपैयाँ, सय रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ आम्दानी गर्न सकिने कम्पनीले जनाएकाे छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Share News