काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मनमैजु कार्यलयले जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो ।
मनमैजु शाखाका प्रबन्धक चक्र बहादुर लामाले महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टामा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ८० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।