महालक्ष्मी बैंकले दियो कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर हस्तान्तरण गरेको छ । बैंकले आप्नो सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यक्रम अनुसार बैंकले हसुलीया शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको हो । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

आइएमई जनरलले फागुन २२ गतेदेखि हकप्रद जारी गर्ने, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्न लागेको हो । उक्त प्रयोजनको लागि इन्स्योरेन्सले फागुन १ गते बुक क्लोज गरेको थियो । यससँगै माघ २७ गतेसम्म कायम इन्स्योरेन्सका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् । इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने छ ।

सिबिआईएल क्यापिटलद्वारा पुन: संस्थापक सेयर खरिद बिक्री व्यवस्थापन सेवा सुरु

काठमाडौं । सिबिआईएल क्यापिटलले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ । यस सेवामा संस्थापक शेयरधनीको सेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, सेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका सेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सिबिआईएल क्यापिटलले इमेल वा फोनमार्फत सम्पर्क गर्न सक्नेछन् ।