काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन १० गते बसेको संञ्चालक समितिको बैठकले गत आवको चुक्ता पुँजीको १ अर्ब १८ करोड रुपैयाँको ६ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश समितिले स्वकृत तथा कम्पनीको वार्षिक साधारण सभाले पारित गनुपर्ने छ ।
एभरेष्ट इन्सोरेन्सले अघिल्लो वर्ष २०७६/७७ को नाफबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।