गुराँस लाइफले कात्तिक ४ गते डाक्यो वार्षिक साधारणसभा, मर्जर र लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गतेको लागि वार्षिक साधरणसभा बोलाएको छ । असोज १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले कात्तिक ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो । सभाले गुराँस प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि पेश भएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरी सोपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने बताइएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कम्पनीको कायम चुक्ता पूँजीको सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। त्यस्तै, आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
मञ्जुश्री फाईनान्सको नयाँ शाखा कार्यालय कुमारीपाटीमा
काठमाडौं । मञ्जुश्री फाईनान्सले ललितपुरको कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाईनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम र फाईनान्सको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे । भदाै मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिभेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरी १०.८८ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
सनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सनराइज क्यापिटलले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई कम्पनीको आगामी १२औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । क्यापिटलले हाल सेयर निष्काशन, १८ वटा कम्पनीको सेयर रजिष्ट्रारको रुपमा काम गरिरहेको छ । साथै, लगानी व्यवस्थापन सेवा (पीएमएस), सेयर प्रत्याभूति लगायत सनराइज सामूहिक लगानी कोष अन्तर्गत सनराइज फष्ट म्युचुअल फण्ड र सनराइज ब्लूचीप फण्ड गरी २ वटा बन्दमूखी योजना सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात थप १ बन्दमूखी योजना अर्थात सनराइज फोकस्ड इक्यूटी फण्ड सञ्चालन गर्ने छ ।