काठमाडौं । मञ्जुश्री फाईनान्सले ललितपुरको कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।
मञ्जुश्री फाईनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम र फाईनान्सको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।
भदाै मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिभेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरी १०.८८ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।