आइएमई दशैं अफर : चौथो हप्ताको विजेता घोषणा
काठमाडौं । चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् । विजेताहरुले जनही २ ५ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
‘प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको छ’
काठमाडौं । मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको बताएका छन् । उनले ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा मेगा बैंक अगाडी बढेको बताएका हुन् । आर्थिक वर्ष २०७८र०७९ मा मेगा क्यापिटल २४।५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गरेको उनले जानकारी दिए । ‘मेगा क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ,’ उनले भने । यस्तै, उनले क्यपिटल ५ वर्ष पुरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको बताए । मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न सेवाका साथ साथै नयाँ कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । क्यापिटलले विभिन्न कम्पनीहरुसँग आइपीओ र अन्डरराइटिङ सम्झौता पनि गरेको छ । संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । सीइओ श्रेष्ठले काठमाण्डौं उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको बताएका छन् ।
दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट
काठमाडौं । विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५० रुपैयाँ, पनिरमा २० रुपैयाँ, चिज सबैमा २० रुपैयाँ र दहीमा १० रुपैयाँ सहुलियत प्रदान गरिएको जानकारी दिए । ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दसैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो’, अधिकारीले भने । उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउनेछन् । प्रवक्ता अधिकारीका अनुसार हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको उनको भनाइ छ । रासस