काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको २६२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) रहेको छ ।
संस्थाको हाल कायम चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसा रहेको छ । यसअनुसार १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा बराबरको बोनस सेयर र ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश वितरण हुनेछ ।
संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।