इसेवाले ल्यायो दशैं योजना, हरेक दिन उपहार जित्न सकिने

<p>काठमाडौं । इसेवाले दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले इसेवाले यस्तो योजना सार्वजनिक गरेको जनाएकाे छ । यो योजना असोज १० गते देखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको एक स्किममा भाग [&hellip;]</p>

काठमाडौं । इसेवाले दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले इसेवाले यस्तो योजना सार्वजनिक गरेको जनाएकाे छ ।

यो योजना असोज १० गते देखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको एक स्किममा भाग लिएर विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिनेछ । इसेवा दशैं स्पेशलमा गइ १ रुपैयाँमा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जि मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स प्याकेज प्राप्त गर्न सक्नेछन् । १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुने इसेवाले जनाएकाे छ ।

यसैगरि प्रयोगकर्ताले इसेवामा दशैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर,ल्यापटप,वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ ।

यसका साथै अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरि इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

यस्तै, दराज डिस्काउन्ट भौचरमार्फत एक सय देखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट, २०० देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सयसम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत,हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

 

Share News