मर्जर पश्चात् यस्तो बन्नेछ साना किसान आरएमडीसी लघुवित्त
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गत भदौ ३१ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र प्रमुख कार्यकारी अधिकृत पछिको कार्यकारी पदमा ज्योति चन्द्र ओझा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । चुक्ता पुँजी गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार साना किसान विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र आरएमडीसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । दुवै संस्था एक आपसमा गाभिएपछि चुक्ता पूँजी २ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । जगेडा कोष साना किसानको जगेडा कोष १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको छ भने आरएमडीसीको जगेडा कोष १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् लघुवित्तको जगेडा कोष २ अर्ब ७१ करोड ६८ लाख ८२ हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।
कोरियाबाट सिटी एक्सप्रेसमा पैसा पठाउँदा रीनाले जितिन् १ तोला सुन
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ुविदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोु योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जितिसकेका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भु बहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी, मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जितेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ३ दिन सम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ ल्याएको हाे । यस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
स्मार्ट क्यूआर र नेपालपे क्युआरबीच सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज तथा नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआवद्धता कायम गर्नका निम्ति सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गरेका छन् । एससिटी तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्युआर अन्तरआवद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको सीइओ सिंहले बताए । यस सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपालपे क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी नेपालपे कयुआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुवै नेटवर्क भित्रका क्युआर सम्बन्धी भुक्तानी गर्न सहज हुनेछ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आवद्ध गराउन आवश्यक हुने छैन । हाल नेपाल पे कयुआरमा ७० हजारभन्दा बढि र स्मार्ट क्यूआरमा १ लाख ६० हजारभन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन् ।