५.२१ अर्ब नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बन्यो, निजीलाई टक्कर दिने बैंकका अन्य सूचक कस्ता ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३७.३८ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ८७ लाख ७० हजार रुपैयाँ बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको हो । निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा एक नम्बर बनेको हो । यसअघि नै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले नाफा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकको तुलनामा थोरै कम हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढपछि नाफा बढेको हो । पछिल्लो समय व्यवस्थापन टिममा अब्बल ब्यक्तिको प्रवेशसँगै बैंले ठूलो प्रगति गरेको हो । गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । नाफामा एनएमबि, प्राइम र सिद्धार्थ बैंकबीच टक्कर, करोडबाट अर्ब क्लबमा नेपाल एसबिआई

बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भए : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भएको बताएका छन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनुपर्ने बैंकहरु अहिले नाफामा केन्द्रीत भएका उनको भनाई छ । ‘बैंकहरु नाफामा केन्द्रीत भए, सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनु पर्ने, प्रविधिमा ध्यान दिनु पर्ने,’ उनले भने । त्यस्तै, राष्ट्रिय सहकारी बैंकले प्रविधिमा प्राथमिकता दिए सर्वसाधारणलाई प्रविधि बुझ्न र प्रयोग गर्न टेवा पुग्ने उनको भनाई छ ।

ग्लोबल आइएमई र बिओकेबीच मंसिरभित्र एकीकृत कारोबार हुन्छ : सीईओ बज्राचार्य

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आगामी मंसिरभित्र ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके) बीच एकीकृत कारोबार हुने बताएका छन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘मंसिरसम्म बैंक अफ काठमाण्डूसँग एकीकृत कारोबार हुन्छ,’ उनले भने । गत असार २ गते मात्रै दुई बैंकबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता अनुसार दुई बैंक बराबरी हैसियतमा मर्जरमा गएका हुन् । साथै, उनले अन्य सूचकमा जस्तै डिजिटल बैंकिङमा पनि ग्लोबल आइएमई बैंक अगाडि रहेको दावी गरे । ‘ग्लोबल आइएमई बैंक नेपालको इतिहासमै सबैभन्दा ठूलो बैंक हो, डिजिटल बैंकिङमा पनि ग्लोबल बैंक अगाडि नै छ, दैनिक एक लाखभन्दा बढी ट्राजेक्सन कार्डबाट हुन्छ,’ उनले भने । साथै, उनले ग्लोबल बैंक सहकारी क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको बताए ।