नबिल बैंकले माग्यो कृषि सल्लाहकार

काठमाडौं । नबिल बैंकले कृषि सल्लाकार मागेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशन गर्दै पहिलो तहको कृषि सल्लाकारको लागि १ जना कर्मचारी मागेको हो । बैंकका अनुसार पहिलो तहको सल्लाकारका लागि कृषि क्षेत्रमा ब्याचलर पास भएको र बैंक तथा वित्तिय संस्थामा ५ वर्षको काम गरेको हुनुपर्नेछ । साथै, सो व्यक्तिको प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हनुपर्नेछ । इच्छुकले आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर साउन २५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

नाफामा एनएमबि, प्राइम र सिद्धार्थ बैंकबीच टक्कर, करोडबाट अर्ब क्लबमा नेपाल एसबिआई

काठमाडौं । १९ वटा वाणिज्य बैंहकहरुले गत वर्ष असार मसान्तसम्ममा साढे ५३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष ४३ अर्ब ९२ करोड ४६ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले गत वर्ष ५३ अर्ब ६३ करोड ८३ लाख २८ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको वित्तीय विवरण १९ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका हुन् भने ७ वटा वाणिज्य बैंकले सार्वजनिक गर्न बाँकी रहेको छ । १९ वटा बैंकमध्ये ३ वटा बैंकको नाफामा गिरावट आएको छ भने अन्य बैंकको बढेको छ । नाफा आर्जनमा एनएमबि बैंक आक्रामक देखिएको छ । अघिल्लो वर्ष प्राइम कमर्सियल बैंकको भन्दा कम नाफा कमाएको बैंकले यसपटक उसैलाई पछाडि पारेको छ । १९ बैंकमा एनएमबि तेस्रो स्थानमा छ भने प्राइम चौथोमा झरेको छ । यी दुइ बैंकबीच नाफा आर्जनमा रोचक प्रतिस्पर्धा देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब क्लमा रहेका कृषि विकास र सानिमा बैंकको नाफा घटेर २ अर्ब क्लबमा सिमित भएका छन् । यता हिमालयन बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्ष झण्डै ३ अर्ब क्लब नजिक रहेको हिमालयनको १७.२२ प्रतिशत नाफा घटेको हो । एक नम्बरको ताज भिरिरहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेर टपमा छ । ग्लोबल आइएमई बैंकलाई एनआईसी एशिया बैंकले पछ्याइरहेको छ, एनआईसी एशिया बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले । ग्लोबल र एनआईसी बैंकबीच पहिलो बन्न प्रतिस्पर्धा भइरहेको छ भने नेपाल इन्भेष्टमेन्टको दुबै बैंकसँग प्रतिस्पर्धा छ । एनएमबि, प्राइम र सिद्धार्थ बैंक ३ अर्ब क्लबमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै, कुमारी, प्रभु, एभरेष्ट, हिमालयन, कृषि विकास, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वष लक्ष्मी बैंकको भन्दा कम नाफा आर्जन गरेको नेपाल एसबिआईले यसपटक भने ७० प्रतिशत छलाङ मार्दै लक्ष्मीलाई पछि पारेको छ ।

पुँजीकोषमा वाणिज्य बैंकभन्दा सहकारी बैंक बलियो छ, लाभांश पनि १५ प्रतिशत पुर्याइसक्यौं : बद्री गुरागाईं

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले राष्ट्रिय सहकारी बैंक मजबुद र बलियो बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसमा आफ्नो धारणा राख्दै उनले सदस्यहरुको सहजता, उत्पादन क्षेत्रको विकाससँगै उत्कृष्ट वित्तीय सेवा दिनमा सहकारी बैंक एक अब्बल संस्थाका रुपमा देखिएको बताएका हुन् । हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम पुँजी कोष ८ प्रतिशत तोकेको बताउँदै उनले सहकारी बैंकको १३ प्रतिशतभन्दा बढी रहेको बताए । उनका अनुसार राष्ट्रिय सहकारी बैंकले कर्जा लगानी पनि संयमित भएर गरिरहेको छ । यस्तै, उनले बैंकले सेयरधनीलाई लाभांश पनि बढाउँदै लगेको धारणा राखे । ‘हामी विभिन्न सूचकमा बलियो बन्दै गएका छौं, २० वर्षको यात्रा आफैमा गौरवमय क्षण हो, हामीले सदस्यहरुको क्षमता अभिवृद्धसँगै वित्तीय सेवामा मजबुद बन्दै गएका छौं, लाभांश पनि १५ प्रतिशत वितरण गर्न सक्षम भइसकेका छौं,’ उनले भने । यस्तै, उनले बैंकले बैशाखसम्म ५० अर्ब ६८ करोड बचत गरेकोमा कुल ३७ अर्ब उत्पादन क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको बताए । उनले १९.४९ प्रतिशत कर्जा कृषिमै लगानी भएको बताए । अन्तर्राष्ट्रिय सहकारीसँग पनि सहकार्य भइरहेको बताउँदै उनले सदस्यलाई तालिम शिक्षा, सहकारीको स्तर मापनसँगै सहकारीमा प्रविधिको विकास र प्रयोगका लागि बैंकले महत्वपूर्ण काम गरिरहेको र अझै गर्दै जाने धारणा राखे । ‘हामी नविनतम् सूचना प्रविधिमा आधारित एटीएम कार्ड वितरण गर्दैछौ, अब सो कार्डमार्फत् रियल टाइममा पनि पैसा निकाल्न सकिन्छ, दुर्गम ठाउँमा बसेको सहकारीले इ–बैंकिङ सर्भिस लियो भने पैसा राख्न र झिक्न सक्ने योजना पनि बनाइरहेका छौं, अब सहकारीका सेवा प्रविधिमैत्री हुनु पर्छ भन्ने हाम्रो अवधारणा हो,यसका लागि काम गरिरहेका छौं,’ उनले भने । यस्तै, उनले भेन्डरहरुसँग सहकार्य गरेर क्यूआरकोड वितरण गर्ने बताए । नेपाल सरकारले लागू गरेको कोपोमिसमा पनि सहकारीहरुको आवद्धतता बढाउनका लागि बैंकले पनि भूमीका खेलिरहेको उनको भनाइ छ ।