बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भए : पूर्वगभर्नर क्षेत्री

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भएको बताएका छन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनुपर्ने बैंकहरु अहिले नाफामा केन्द्रीत भएका उनको भनाई [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भएको बताएका छन् ।

बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनुपर्ने बैंकहरु अहिले नाफामा केन्द्रीत भएका उनको भनाई छ ।

‘बैंकहरु नाफामा केन्द्रीत भए, सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनु पर्ने, प्रविधिमा ध्यान दिनु पर्ने,’ उनले भने ।

त्यस्तै, राष्ट्रिय सहकारी बैंकले प्रविधिमा प्राथमिकता दिए सर्वसाधारणलाई प्रविधि बुझ्न र प्रयोग गर्न टेवा पुग्ने उनको भनाई छ ।

Share News