काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ कम्प्युर खरीद गर्ने भएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशन गर्दै ८८० वटा कम्प्युटर खरीद गर्ने बताएको हो ।
राष्ट्रिय वाणिज्य बैंक इलेक्ट्रोनिक सामान (कम्प्युटर) खरीदका लागि बोलपत्र आह्वान गरेको हो । बैंकले ८८० वटा ब्रान्डेड डेस्कटप कम्प्युटर खरीद गर्नका लागि सूचना प्रकाशन भएको ३० दिन भित्र बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको हो ।
तर, कुन कम्पनीका खरीद गर्ने भन्ने बोलपत्र पश्चात मात्रै थाहा पाइनेछ । कति मूल्यका कम्प्ययुटर खरीद भनेर पनि बोलपत्रपश्चात नै थाहा पाइने बैंकले जनाएको छ ।
इच्छुक व्यक्ति तथा संस्थाले उक्त सामाग्री खरीद गर्न राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखामा सम्पर्क गर्नुपर्नेछ । आवेदन शुल्क भने ५ हजार रुपैयाँ तोकिएको छ । खरीद गर्ने ब्यक्तिले न्यूनतम १६ लाख ५० हजार रुपैयाँ बैंक ब्यालेन्स देखाउनु पर्नेछ ।