सिभिल बैंकले थप २९ साझेदारसँग गर्यो सम्झौता, कुनबाट के-के छुट पाइन्छ ?

काठमाडौं । सिभिल बैंकले थप २९ वटा साझेदारसँग सम्झौता गरेको छ । बैंकिङ्ग सेवा र सुविधामा मात्र सीमित नरहि बैंकले साझेदारहरुसंग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो । यससँगै अब सिभिलका ग्राहकले विभिन्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट -मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुटहरु पाउने छन् । बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसंग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग भोला बहादुर विष्टले बताए । बैंकले हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै, बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ । कुन साझेदारीबाट के के छुट पाइन्छ ? [pdf id=344343]

सिन्धु आक्रामक बन्दा विकास बैंकको नाफा ७ अर्ब नाघ्यो, नम्बर वान मुक्तिनाथलाई पछ्याउँदै गरिमा

काठमाडौं । गत वर्षको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा विकास बैंकहरूको नाफा ३१.३४ प्रतिशत बढेको छ । गत वर्ष विकास बैंकहरूले ७ अर्ब २० करोड ५९ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ५ अर्ब ४८ करोड ६३ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेर एक नम्बर बन्न सफल भएको छ । बैंकले गत वर्ष १ अर्ब ३७ करोड २५ हजार रूपैयाँ नाफा कमाएको हो । त्यस्तै, मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैंकले १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रूपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यी दुई बैंकबीच नम्बर वान बन्न कडा टक्कर भएको तथ्याङ्कले देखाउँछ । सांग्रीला डेभलपमेन्ट बैंकको नाफा झण्डै एक अर्ब रूपैयाँ पुगेको छ । महालक्ष्मी, ज्योति, लुम्बिनी, शाइन रेसुंगा, कामना सेवा र सांग्रीला बैंकको नाफा ५० करोड रूपैयाँ भन्दा बढी रहेको छ । प्रतिशतका आधारमा हेर्ने हो भने सिन्धु विकास बैंकको नाफा वृद्धिमा आक्रामक बनेको छ । विकास बैंकहरूमध्ये सिन्धुले सबैभन्दा धेरै ११३.५२ प्रतिशत नाफा वृद्धि भएको छ । यस्तै, ग्रीन डेभलपमेन्टको ८६.३४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष नोक्सानीमा रहेको कर्पाेरेट डेभलपमेन्ट बैंक गत वर्ष १० करोड ४८ लाख रुपैयाँ नाफामा रहेको छ । हाल संचालनमा रहेका १६ वटा विकास बैंकमध्ये २ वटा बैंक नोक्सानीमा छन् । गत वर्ष नारायणी र कर्णाली डेभलपमेन्ट बैंकको नाफा नोक्सानीमा रहेको हुन् ।

महालक्ष्मी विकास बैंकको नाफा एक अर्ब नजिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो । बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुयाएको छ । बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ । यस्तै, बैंककाे पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा शेयरधनी पूंजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा सेयरधनी पूंजी कोष ६ अर्ब ४२ करोड ९ लाख छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।