एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ९.०५ प्रतिशत ब्याज दिने खाता, महिनादिनमै भुक्तानी
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सर्वसाधारणहरुको लागि ‘एक्सेल समृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । बैंककाे अनुसार यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने छ । बैंककाे अनुसार न्यूनतम २ हजार रुपैयाँमा याे खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । सबै उमेर समुहका नेपाली नागरिकहरुले याे खोल्न सक्ने बैंकले जनाएकाे छ । बैंकले यस एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक लगायत अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङ्गको सुविधा पनि उपलब्ध गराउने जानकारी दिएकाे छ । हाल बैकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् । झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिंङ्ग सेवा प्रदान गर्र्दै आएको छ । बैंकले १ नं. प्रदेश भरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन दिईसकेको छ ।
सिद्धार्थ बैंकका ग्राहकहलाई विराटचोकको नेपालीरिका होटलमा २० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र विराटचोकस्थित नेपालीरिका होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सेयर धितो कर्जामा नबिल र ग्लोबलबीच टक्कर, २० बैंकले घटाउँदा ५ ले बढाए
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म वाणिज्य बैंकहरुले पौने ६५ अर्ब रुपैयाँ बढीको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपनि बैंकहरुले भने खासै कर्जा घटाएका छैनन् । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा बैंकहरुले १.६९ प्रतिशतले मात्रै सेयर धितो कर्जा घटाएका छन् । बैंकहरुले अघिल्लो आवमा ६५ अर्ब ९३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा गत आवमा भने ६४ अर्ब ८१ कराेड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी सेयर धितो कर्जा नबिल बैंकले दिएको छ । सो बैंकले एक वर्षमा २३.३४ प्रतिशतले उक्त कर्जा लगानी घटाएपनि ७ अर्ब ६१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आवमा ६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकले अन्य बैंकको तुलनामा उच्च रुपमा सेयर धितो कर्जा लगानी गरेको छ । अघिल्लो आवमा ७ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवमा भने ४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । यद्यपि, बैंकको सेयर धितो कर्जा लगानी भने अघिल्लो आवको तुलनामा ३०.०२ प्रतिशतले घटेको छ । एक वर्षको अवधिमा २० वटा बैंकले सेयर धितो कर्जा लगानी घटाएका छन् भने ५ वटा बैंकले बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्जा लगानी गरेको तथ्यांकमा देखिँदैन । अघिल्लो आवमा सेयर धितो कर्जा लगानी नगरेको नेपाल एसबिआई बैंकले गत आवमा भने ३ करोड २७ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । सबैभन्दा बढी कर्जा घटाउनेमा एभरेष्ट बैंक देखिएको छ । अघिल्लो आवमा २ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर धितोमा ऋण दिएको बैंकले गत आवमा भने ७ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । जुन प्रतिशतको आधारमा ७२.६९ प्रतिशतले घटी हो । नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा तोकेको थियो । तर चालु आवको मौद्रिक नीति मार्फत भने बैंकले १२ करोड रुपैयाँको मात्रै सीमा लगाउने व्यवस्था गरेको छ । कुनले कति दिए ?