काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको यमुनानन्द नमना माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयलाई ४ लाख ७९ हजार ९१० रुपैयाँ सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच बैंकका सिएसआर कमिटीका तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ।
बैंकलर् करिब १२ लाख ग्राहकहरुलाई देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।