एसबिआई बैंकका कार्ड प्रयोगकर्तालाई गौतम होटलमा विशेष छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंकको प्रदेश कार्यालय प्रमुख लेखनाथ पोख्रेल र गौतम होटलका प्रोपाइटर हिरालाल गौतमबीच सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सेवामा छुट पाउने छन् । उक्त कार्यक्रममा एसबिआई बैंक शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक प्रज्वल राज भण्डारी लगायत बैंक तथा होटलका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
लघुवित्त विरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न गृहको निर्देशन
काठमाडौं । प्रचलित कानुन अनुसार दर्ता भई सञ्चालन भएका लघुवित्त विरुद्ध संघर्ष समिति निर्माण गरि आन्दोलन गर्नेहरुलाई कारवाही गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले भदौ १ गते ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले आन्दोलन गरी लघुवित्त कार्यक्रमलाई धरासायी बनाउने कोशिष भइरहेको भन्दै आवश्यक कारवाहीको लागि प्रहरी प्रधान कार्यालयलाई आदेश गरेको छ । मन्त्रालयले मन्त्रालयले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले लघुवित्तका कार्यक्रममा अवरोध गर्ने, कपोकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने र कार्यक्रम बन्द गर्न धम्की दिने गरिएको जनाएको छ । मन्त्रालयले नेपाल लघुवित्त बैंकर्स संघको पत्रमार्फत सो संघर्ष समितिले गरेको गतिविधिको विषयमा आवश्यक कारवाहीको लागि अनुरोध गरी पत्र बुझाएको र सोही आधारमा लघुवित्त विरुद्ध संघर्ष गर्नेहरुलाई आवश्यक कारवाहीको लागि पत्र काटेको जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैंक बन्यो युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सर
काठमाडौं । काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते हुने उक्त सम्मेलनमा राष्ट्रिय बाणिज्य बैंक टाइटल स्पोन्सरको रुपमा हुने भएको हो । जसको लागि राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबिच टाइटल स्पोन्सरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजि क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । ‘आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तलिम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे । पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदैं यो सम्मेलनले देशभरका युवाहरुमा वित्तीइ साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरे । त्यसैगरी सम्मेलनमा ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सहभागी हुने छन् । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवर्किङ्ग, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड वितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।