महालक्ष्मी विकास बैंकमा भदौमा खाता खोल्ने महिलालाई छुटै छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ । यस अभियान अन्तरर्गत भदाै महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

तीन घण्टा बन्द हुँदै एनएमबी बैंकको एटीएम सेवा

काठमाडौं । एनएमबी बैंकको एटीएम सेवा तीन घण्टा अवरुद्ध हुने भएको छ । बैंकको उक्त सेवा भदौ ७ गते (मंगलबार) राती ११ बजेदेखि ३ घण्टाको लागि अस्थायी रुपमा बन्द हुन लागेको हो । बैंकले आफ्नो पेमेन्ट सिस्टममा डीआर ड्रील गर्ने प्रयोजनको लागि सो समयमा सेवा बन्द हुने जानकारी गराएको हो ।

सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले पाए निरन्तरता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् । बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।