काठमाडाैं । लुम्बिनी विकास बैंकले इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । बैंकले साविकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो ।
उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ ।
यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।