सनराइज नारी बचत खाता हुनेलाई भदौ महिनामा क्यासब्याक र छुट

काठमाडौं । हरितालिका तिजलाई लक्षित गर्दै सनराइज बैंकले महिला ग्राहकहरुकाे लागि अफर ल्याएकाे छ । यस याेजना अन्तर्गत भदाै १ गते देखि भदाै १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुले पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । भदाै महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि नि:शुल्क रुपमा डेबिट कार्ड, डिम्याट खाता र मेरो सेयर खाता पाउनेछन् । यसका साथै, गरगहना राख्नको लागि लकर सुविधाdf ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएकाे छ । सनराइज बैंकले नारी बचत खातामा १० हजारसम्मको प्रसुती खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । यस्तै, बैंकले स्वास्थ्य योजना अन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ ।

एनएमबिका ग्राहकले बुद्ध र यति एयरको टिकट काट्दा ५०० रुपैयाँसम्म क्यासब्याक पाउने

काठमाडाैं । एनएमबि बैंकले एयरलाइन्सकाे टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएकाे छ । बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० रुपैयाँ र ५०० रुपैयाँ क्यासब्याक पाइने सुविधा ल्याएकाेच हाे । यस क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ईकमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएकाे छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

मेगा बैंक नेपालले ल्यायो ६ गुणा रकम बढ्ने योजना

काठमाडौं । मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना ल्याएको छ । यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । यस्तै, संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसैगरी, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । ।