नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपति संग्रहालय महास्नान घरको पुन:निर्माण

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गरेका छन् । सोमबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले संग्रहालय महास्नान घरको उद्घाटन गरेका हुन् । २०७२ को भुकम्पले क्षतिग्रस्त संग्रहालय नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा बनेको हो । बैंकले पशुपति संग्रहालय महास्थानगर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपात क्षेत्रको संरक्षाणर्थ करिब ४ करोड गरी कुल ९ [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गरेका छन् । सोमबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले संग्रहालय महास्नान घरको उद्घाटन गरेका हुन् ।

२०७२ को भुकम्पले क्षतिग्रस्त संग्रहालय नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा बनेको हो । बैंकले पशुपति संग्रहालय महास्थानगर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपात क्षेत्रको संरक्षाणर्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ ।

बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ । म्युजियम धार्मिक महत्वका सुनका जलप लगाईएका मुर्ति, तामार पित्तलरढलौटाका मूर्तिहरु, ढुंगाका मूर्तिहरु, संस्कृति झल्काउने भेषभुषा, गरगहना मुकुण्डो एवंम चित्रकला, एतिहासिक पुस्तकहरु रहेको बैंकले जनाएको छ ।

 

Share News