काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ ।
यस अभियान अन्तरर्गत भदाै महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।