काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा अपार्टमेन्ट भत्काइएको छ । १०३ मिटर अग्लो उक्त ट्विन अपार्टमेन्ट आइतबार भत्काइएको हो । ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरी अपार्टमेन्ट भत्काइएको हो ।
भारतको सर्वोच्च अदालतले सुपरटेकले अपार्टमेन्ट निर्मान गर्दा भवन आचारसंहिताको उल्लंघन गरेको भन्दै भत्काउन आदेश दिएको थियो ।
सुपरटेक बिल्डरले निर्माण गरेका यी अपार्टमेन्ट एपेक्स र केयन नामबाट चिनिएका थिए । अपार्टमेन्ट हजारौंको संख्यामा मानिसहरु बसोबास गर्दै आएका थिए ।