महालक्ष्मी विकास बैंकले ल्यायो ९ प्रतिशत ब्याज दिने खाता, मासिक भुक्तानी गर्ने

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंककाे अनुसार न्यूनतम मौज्दात ५०० रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।

यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंककाे अनुसार न्यूनतम मौज्दात ५०० रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने छ ।

बैंकले देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने जनाएको छ । बैंकले ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Share News