प्रभु बैंकका ग्राहकलाई सर्लाहीको सीता प्यालेस होटलमा आकर्षक छुट 

काठमाडाैं । प्रभु बैंक र सर्लाहीस्थित सीता प्यालेस होटलबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । उक्त  सम्झाैतामा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सीता प्यालेस होटलद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी उक्त छुट पाइनेछ ।

घट्दो बजारमा बढ्दो प्रतिफल, लगानीकर्तालाई १२.०२ प्रतिफल दिने नविलको योजना

काठमाडौं । नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले १२.०२ प्रतिशत प्रतिफल दिने योजना ल्याएको छ । सेयर बजार घटिरहेकाे बेलामा ‘घट्दो बजारमा बढ्दो प्रतिफल’ भन्ने नाराका साथ नविल बैंकले सेयर लगानीकर्तालाई लोभ्याउने योजना ल्याएको हो । यस योजनामा कम्तिमा ५ लाख लगानी गर्नुपर्नेछ । लगानी अवधि लगानीकर्ताले एक वर्ष वा सो भन्दा बढी भनेर रोज्न सक्नेछन् । लगानीको प्रतिफल कम्तिमा कम्तिमा १२.०२ प्रतिशत सुनिश्चि गरिएको कम्पनीले जनाएको छ । मुद्दती खाताको व्याज झै त्रैमासिक रुपमा प्रतिफल भुक्तानी गरिने पनि उक्त कम्पनीले जनाएको छ । बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई ११.०३ प्रतिशत भन्दा बढी व्याज नदिने सहमति गरेर अगाडि बढिरहेको अवस्थामा मुद्दती निक्षेपमा जस्तै प्रतिफल सुनिश्चित भएको र मुद्दती खाताकै सुविधा भएको लगानी योजना नबिल इन्भेष्टमेन्टले ल्याएको हो । कम्पनीले यस योजना मार्फत निक्षेपकर्ता र सेयर बजारका लगानीकर्ता दुबैलाई तान्ने रणनीति लिएकाे छ।

फेरि घट्न थाल्यो बैंकहरुको निक्षेप, सीडी रेसियो निरन्तर बढ्दो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप पुनः घट्न थालेको छ । लामो समयपछि साउनको अन्तिम साता बढेको निक्षेप भदौको पहिलो सातामा पुनः घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरुमा ७ अर्ब रुपैयाँ घटेको छ । साउनको अन्तिम सातामा ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप भदौ पहिलो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित छ । त्यस्तै, कर्जा लगानी भने निरन्तर रुपमा बढीरहेको छ । साउनको अन्तिम सातामा ४१ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले भदौ पहिलो सातामा ४१ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् । निक्षेप घट्ने र कर्जा बढ्ने क्रम बढेसँगै बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेको छ । भदौ पहिलो सातामा बैंकहरुको सीडी रेसियो औषतमा ८८.४७ प्रतिशत पुगेको छ । जुन साउनको अन्तिम सातामा ८८.०७ प्रतिशत थियो ।