एनएमबि बैंकले साढे २ कराेड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने

<p>काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो । बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग शुक्रबार सम्झौता सम्पन्न गरेको छ । योसँगैं, एनएमबि बैंक दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो ।

बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग शुक्रबार सम्झौता सम्पन्न गरेको छ । योसँगैं, एनएमबि बैंक दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने बैंकले जनाएको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

सीइ‌ओ केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News